कर्णालीमा नयाँ सरकारका लागि दलहरूलाई आह्वान

 चैत २२, २०८० बिहिबार ७:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान भएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय आउँदो २७ गतेसम्मलाई दिइएको छ । यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गर्नुभएको थियो । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गएको फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ।

केन्द्रमा नयाँ सत्ता समिकरणसँगै सत्तारुढ पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णालीमा एमालेले, बाग्मती र लुम्बिनीमा माओवादीले, सुदूरपश्चिममा एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया