उत्तर अमेरिकी राष्ट्रका लाखौँ मानिसले सूर्य ग्रहणको अवलोकन गरे

 चैत २७, २०८० मंगलबार ९:३६:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर अमेरिकाको मेक्सिकोदेखि क्यानडाका लाखौँ मानिसले आश्चर्य र उत्साहका साथ सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण हेरेका छन् । पृथ्वी र सूर्यकोबीचमा चन्द्रमा घुम्दा सूर्यग्रहण लागेको हेरेका धेरै मानिसले दिनमै रात परेको यो एक अद्वितीय घटना भएको बताएका बीबीसीले जनाएको छ ।

यो ग्रहण मेक्सिकोको तटबाट शुरु भई सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएर क्यानाडाको न्यू फाउन्ड ल्याण्डमा पुगेर सकिएको थियो । न्युयोर्कको नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको खबरमा उल्लेख छ ।

एशियाली देशबाट भने ग्रहण देखिएको थिएन । चन्द्रमा सूर्य भन्दा पृथ्वीको ४ सय गुणा नजिक छ तर आकारमा चन्द्रमा सूर्य भन्दा ४ सय गुणा सानो छ । एक अध्ययनका अनुसार चन्द्रमा व्यासमा २ सय ७३ किलोमिटर सानो वा टाढा भएको भए मानिसहरूले यस प्रकारको ग्रहण हेर्न सक्ने थिएनन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया