रुसी सीमा नजिकै बाँध फुटेपछि बाढीको चेतावनी

 चैत २७, २०८० मंगलबार १२:२६:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काजकिस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेपछि बाढीको चेतावनी जारी भएको छ । तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण बाढीको जोखिम बढेको हो ।ओर्स्क शहरमा बाँधको तटबन्ध फुटेपछि ओरेनबर्ग क्षेत्रमा आपत्काल घोषणा गरिएको छ ।

रुसी क्षेत्रमा दशकौँपछि सबैभन्दा खराब बाढीको सामना गरेका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले थप वित्तीय सहयोगको माग र शहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकोमा आक्रोश व्यक्त गरेका खबरमा उल्लेख छ । ओरेनबर्गका गभर्नरले घरको नोक्सानीको पूर्ण क्षतिपूर्ति दिने बताउनुभएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै प्रभावित शहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको र नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया