गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण, १४ जनाको ज्यान गयो

 चैत २८, २०८० बुधबार ९:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति गाजाको मध्य भागमा रहेको नुसेरात शरणार्थी शिविरमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरी भएको आक्रमणमा अरु केही घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीको महान् पर्व इद उल फित्रको पूर्व सन्ध्यामा भएको आक्रमणमा सबैभन्दा धेरै महिला र बालबालिका परेका खबरमा उल्लेख छ । इद उल फित्र आज शुरु हुँदैछ ।  रमदानको एक महिले व्रत इदको मुख्य दिन भोलि समापन हुनेछ  ।

इजरायलले गाजाको देर अल–बालाह र रफाहमा पनि हवाई आक्रमण गरिरहेको छ । इजिप्ट, कतारलगायतका मध्यस्थकर्ताहरूले विद्रोही समूह हमास र इजरायली सेनाबीचको तनाव कम गर्दै युद्धविरामका लागि पहल गरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया