गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेकाे छ : अमेरिकी राष्ट्रपति

 चैत २८, २०८० बुधबार १५:२०:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेकाे बताउनुभएको छ । यसअघि पनि बाइडेनले इजरायलको आलोचना गर्दै आउनुभएकोमा यो सबैभन्दा कडा आलोचना हो ।

बाइडेनले युद्धविरामका लागि आह्वान गर्न, आउँदो छदेखि आठ हप्ताका लागि अनुमति दिन र गाजामा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आग्रह गर्नुभएको छ ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको याे टिप्पणी आएको हो । तर इजरायल र हमास समूहबीच युद्धविराम सहज भने छैन । हमासले स्थायी युद्धविराम, गाजाबाट सबै इजरायली सेनाको फिर्ती र देशको उत्तरी क्षेत्रमा प्यालेस्टिनीलाई निर्बाध आवतजावत खुला गरिनुपर्ने आफ्नो अडान सार्वजनिकरूपमा व्यक्त गर्दै आइरहेको छ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासको अन्त्य र उसले बन्धक बनाएका मानिस मुक्त नहुँदासम्म युद्ध गरिरहने बताउनुभएको छ । इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढेको मौका पारेर हमासले भने आफ्ना मागहरूमा थप अडान लिन थालेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया