टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा बढ्यो

 चैत २९, २०८० बिहिबार ६:४८:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पहिलोपटक पछाडि पारेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

१२ वर्षअघि बेइजिङमा स्थापना भएको बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सको प्रतिवेदन अनुसार यो कम्पनीको  मूल्य झण्डै दुई खर्ब २५ अर्ब डलर भएर विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनी बन्न सफल भएको हो ।

प्रतिवेदनमा .कम्पनीको आम्दानी सन् २०२२ मा झण्डै २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको र विक्री पनि ८० अर्ब डलरबाट बढेर एक खर्ब २० अर्ब डलर भएको उल्लेख छ ।

कम्पनीले सन् २०१७ मा टिकटक शुरु गरेको थियो । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया