एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गरायो

 चैत ३०, २०८० शुक्रबार ६:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ । एप्पलले प्रयोगकर्ताहरु मेशिनरी स्पाइवयर अट्याक अर्थात  डिभाइसमा प्रयोग भएको इन्टरनेटको डाटा चोरेर महत्वपूर्ण जानकारी लिने जस्ता समस्या हुन सक्ने भन्दै सचेत गराएको हो ।

यसले आइफोन प्रयोगकर्ताको बैंक खाता खाली गर्ने जोखिम धेरै भएको एप्पलले जनाएको छ । यो आक्रमण नियमित साइबर आपराधिक आक्रमणहरू भन्दा फरक रहेका र अहिलेसम्म यस्ता घटना कम सङ्ख्यामा मात्रै भएका बीबीसीले जनाएको छ ।

कम्पनीले हालसाले मात्र धेरै प्रयोगकर्ताहरू स्पाइवेयर प्रयोग गरेर आक्रमणको जोखिममा रहेका पत्ता लागेको जनाएको छ । त्यसपछि कम्पनीले प्रयोगकर्तालाई इमेलमार्फत यो खतराबारे जानकारी गराएको खबरमा उल्लेख छ ।

कम्पनीले जोखिममा रहेका ९० देश कुन–कुन हुन् भन्ने जानकारी भने अहिलेसम्म  दिएको छैन । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया