रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

 बैशाख १, २०८१ शनिबार ६:३८:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसका बाढीग्रस्त शहरमा नागरिकलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको छ । मुख्यगरी ओरेनबर्गले घातक बाढीको सामना गर्नुपरेको र ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँ युराल नदीमा पानीको बहाव बढ्दै जाँदा बाढीको जोखिम उच्च छ । ठूलो पानी परेपछि रूस र काजकिस्तान पार गर्ने थुप्रै प्रमुख नदीहरू उर्लेका छन् । जोखिम रहेका ओरेनबर्गसहित मुख्य क्षेत्रमा साइरन बजिरहेको छ । पछिल्लो १० घण्टामा युराल नदीमा पानीको सतह ४० सेन्टिमिटर बढेको छ । पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको टियुमेन क्षेत्रका अधिकारीले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया