नेपालले कतारलाई दियो दुई सय ११ रनको लक्ष्य, एकै ओभरमा दिपेन्द्रको ६ वटा छक्का

 बैशाख १, २०८१ शनिबार १८:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दिपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको मद्यतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए । दिपेन्द्रले २० औं ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

नेपालले हिजो आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो  । अहिले साउदी अरेबिया र मलेसियाले पनि खेलिरहेका छन् । आजै भएका खेलमा यूएई र कुवेत विजयी भएका छन् ।

ओमानमा भएको खेलमा कुवेतले कम्बोडियालाई आठ विकेटले हरायो । कम्बोडियाले दिएको एक सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर दुई बलमा दुई विकेट गुमाएर भेटायो ।

कुवेत हिजो शुक्रबार भएको खेलमा यूएईसँग पराजित भएको थियो । कम्बोडिया भने आज पहिलो खेलमा पराजित भएको हो ।

आजै भएको अर्को खेलमा यूएईले बहराइनलाई ३७ रनले हराएको छ । यूएईले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले २० ओभरमा आठ विकेट गुमाएर एक सय ९९ रन बनायो ।  उसका इमरान अनवरले २२ बलमा ६० रन बनाए । यूएईका आयान अफजल खानले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको यूएईका लागि आलिशान सफारुले ७८, आशिफ खानले ६६ र मोहम्मद वासिमले ६५ रन बनाएका थिए । बहराइनका इमरानले अनवरले तीन विकेट लिए ।

यूएईले हिजो कुवेतलाई हराएको थियो भने बहराइन आयोजक ओमानसँग पराजित गरेको थियो । लगातार दुई जितसहित यूएई समूह 'बी' को शीर्ष स्थानमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया