आइपीएल क्रिकेट : राजस्थान रोयल्सद्वारा पन्जाब किङ्स ३ विकेटले पराजित

 बैशाख २, २०८१ आइतबार ७:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । राजस्थानका यसस्वी जैसवालले सबैभन्दा धेरै ३९ रन बनाए । पन्जाबका कागिसो राबडा र साम कुरानले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । पञ्जावका अशुतोष शर्माले सबैभन्दा धेरै ३१ रन बनाए । राजस्थानका अभेस खान र केशव महाराजले २–२ विकेट लिए । ६ खेल खेलेको राजस्थान १० अङ्कका साथ शीर्षस्थामा छ ।

 ४ अङ्कसहित पन्जाब आठौँ स्थानमा छ । आइपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्स खेल्दैछन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया