लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबतास चल्न सक्ने

 बैशाख ६, २०८१ बिहिबार ८:२०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबतास चल्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा बेलुकापख हावाहुरीको जोखिम छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम सामान्य बदली छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा मौसम आंशिक बदली रहेको र अरु बाँकी ठाउँमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदलीको सम्भावना छ ।

महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया