स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने

 बैशाख ६, २०८१ बिहिबार ९:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले यसबारे सचेत गराएको हो ।

सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत केन्द्रले अनुरोध गरेको छ ।

यसअघि केन्द्रले सबै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक÷पाठ्यसामग्री÷सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन सूचित गरिसकेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया