ललितपुरको सातदोबाटो–बालकुमारी सडक आजदेखि ६ दिनसम्म रातको समयमा बन्द हुने

 बैशाख ६, २०८१ बिहिबार ९:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ६ दिनसम्म रातको समयमा बन्द हुने भएको छ । ग्वार्को फ्लाइओभर निर्माणका लागि आजदेखि आउँदो मङ्गलवारसम्म रातमा सडक बन्द गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

२०७८ माघमा सडक विभागले दुई वर्षमा काम सक्ने गरी आरसी समानान्तर जेभीसँग निर्माणको सम्झौता गरेको थियो । तर काममा ढिलाई भैरहेको छ । ग्वार्कोमा फ्लाईओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर केही दिनअघि स्थानीयवासीले निर्माण कम्पनीको ध्यानाकर्षणसमेत गराएका थिए ।

उनीहरूले आउँदो जेठ मसान्तसम्म काम सक्न ध्यानाकर्षण गराएका छन् । डिजाइन नै गलत भएको भन्दै गएको असारमा रोकिएको काम नयाँ डिजाइन तयार गरेर मङ्सिरदेखि फेरि शुरु भएको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया