कोशी प्रदेशसभाको विशेष अधिवेशन शुरु : मुख्यमन्त्री हटाउने सङ्कल्प प्रस्ताव 'टेबुल'

 बैशाख ६, २०८१ बिहिबार १८:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज प्रदेशसभाको 'विशेष' अधिवेशनमा सङ्कल्प प्रस्ताव 'टेबुल' गरेका छन् । मुख्यमन्त्री कार्कीले समर्थन गुमाइसकेका कारण राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको विकल्प नभएको भन्दै सङ्कल्प प्रस्ताव टेबुल गरेका हुन् ।

भोलि सङ्कल्प प्रस्ताव निर्णयार्थ संसदमा पेस हुँदैछ । एमालेका  प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीक‍ो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक हुनुहुन्छ । उहाँहरुले मुख्यमन्त्री कार्की अल्पमतमा परिसकेकाले राजीनामा दिनुपर्ने जिकिर गर्नुभएको छ ।

एमाले र माओवादीका सांसदको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा प्रदेशसभाको विशेष अधिवेशन बसेको हो । कांग्रेसले भने सङ्कल्प प्रस्ताव पारित भए पनि पदबाट राजीनामा दिनुपर्छ भन्ने कुनै बाध्यता नभएको दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया