पोखराको फेवातालमा डुंगा दुर्घटना, ५ जनाको सकुशल उद्धार

 बैशाख १२, २०८१ बुधबार ९:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । हिजो दिउँसो अचानक हावाहुरी चल्दा डुंगा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका काठमाण्डौ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र अन्दाजी डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

यसअघि चैत्र २९ र २५ गते पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो । दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया