नेपाललाई मेडिकल शिक्षाको 'हब' को रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

 बैशाख १२, २०८१ बुधबार १२:१२:२३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवम् सरकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाललाई मेडिकल शिक्षाको 'हब' का रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ । उहाँले स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रूपमा मात्र नभई व्यावहारिक र मानवीय मूल्य मान्यता एवम् संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ नयाँ चुनौती देखापरिरहेको उल्लेख गर्नुभयाे । नेपालका धेरैजसाे भूभाग ग्रामीण क्षेत्र रहेको र ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया