जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

 बैशाख १६, २०८१ आइतबार १२:३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउनुहुने भएको छ । जापानको विदेश मन्त्रालयले सूचना निकालेर खामिखावाले आउँदो मे ५ तारिख अर्थात् वैशाख २३ गते नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

गएको बिहीवार नै विदेश भ्रमणामा निस्कनुभएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिखमा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने कार्यतालिका छ । श्रीलङ्काबाट मे ५ तारिखमा नेपालको सङ्घीय राजधानी काठमाण्डाैमा अवतरण गर्ने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया