सल्यानको खलंगामा बम भेटियो, सेनाद्वारा निष्कृय

 मंसिर १९, २०७५ बुधबार ७:२९:० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको खलंगामा प्रेसर कुकर बम भेटिएको छ । सदरमुकाम खलंगामा रहेको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको जग्गामा बम भेटिएको हो । 

मंगलबार बेलुकी बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भेटिएको बमलाई नेपाली सेनाले निस्कृय पारेको छ । ब्रम्हाकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका ३ मा रहेको जिल्ला हुलाक कार्यालय नजिकै बम भेटिएको हो ।

बमलाई भगवती प्रसाद गुल्मको डिस्पोजल टोलीले निष्कृय पारेको थियो । बमलाई निस्कृय बनाउँदा कुनै क्षती नभएको नेपाली सेनाले जनाएको छ । भेटिएको प्रेसर कुकर बम पुरानो भएकाले द्वन्द्वकालीन समयमा नै राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया