नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुने २० जनाकै पहिचान खुल्यो

 मंसिर २९, २०७५ शनिबार १२:६:५६ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाडाँमा  शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  दुर्घटनामा ज्यान गुमाएकाको सबैको सनाखत भएको प्रहरीले जनाएको छ । 

ज्यान गुमाउनेमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सेनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मंगले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ, सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरवहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरवेशीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

दुर्घटनामा घाइते भएका १५ जनाको उपचार भैरहेको छ । घाइतेहरुमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीय छिरिङ तामाङ, ४० वर्षीय रामवहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्रि तामाङ, यारिमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरवहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानवहादुर तामाङ र एक जना ९ महिनाकी नाबालिका रहेको प्रहरीले जनाएको छ । 

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको दुर्घटनास्थल दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो । 

भीरमा छरिएका शवहरु शनिबार बिहानमात्र सेना प्रहरी र स्थानीय संकलन गरेका थिए ।  शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउन साधन स्रोत र समयको धेरै खर्च हुने भएकोले पोष्ट मार्टमको लागि घटनास्थलमै जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो । 


    

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया