ओखलढुंगामा यो वर्ष धान उत्पादन घट्यो

 पुस १४, २०७५ शनिबार १३:५:३० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– देशभर यो वर्ष धान उत्पादन बढेको तथ्यांक आएको बेला ओखलढुंगामा भने धान उत्पादन घटेको छ । धान रोप्ने समयमा वर्षा नहुनु, रोपेको क्षेत्रमा समेत सिंचाइ नपुगेका कारण जिल्लामा धान उत्पादन घटेको हो । 

जिल्लामा मकैपछि मुख्य खाद्यबालीका रुपमा लिइने धान उत्पादन घटेपछि किसान चिन्तित भएका छन् । पानी नपरेपछि सिंचाइ नहुँदा धान उत्पादन घटेको चिसंखुगढीका स्थानीय बलबहादुर परियारले बताउनुभयो । उहाँले भन्नभुयो, ‘गएको वर्षभन्दा आधा धान उत्पादन घट्यो, धेरै किसानले अब चामल किन्नु पर्ने बाध्यता भएको छ ।’ धान रोप्ने समयमा कम वर्षाले समयमै पानीको मूल नफुटेपछि सिंचाइ अभावमा धान उत्पादनमा कमी आएको हो । 

गएको वर्षको तुलनामा यसवर्ष प्रतिहेक्टर ०.३ मेट्रिक टन धान कम उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुङगाले जनाएको छ । ओखलढुंगामा धान खेती गरिने ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये गएको वर्ष ३ हजार पाँच सय २२ हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको थियो ।

गएको वर्ष प्रतिहेक्टर ३ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष ७५÷७६ मा प्रतिहेक्टर २.७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहन प्रसाद खतिवडाले बताउनुभयो । 

आर्थिक वर्ष ७५/७६ मा ओखलढुंगामा ९ हजार ५ सय ९.४ मेट्रिक टन धान उत्पादन भएको प्रमुख खतिवडाको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया