शिक्षकले विद्यार्थी कुटेर घाइते बनाएको अभिभावकको आरोप

 पुस १९, २०७५ बिहिबार १३:२९:५ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानमा एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएको  अभिभावकले आरोप लगाएका छन् ।

सलयनको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विशाल बस्नेतलाई शिक्षकले कुटेर घाइते बनाएको वस्नेतका परिवारले आरोप लगाएका हुन् ।

बुधबार दिउँसो १२ बजेतिर विद्यालयको प्राङ्गनमा वस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेको विद्यार्थीका बुबा तेजबहादुर बस्नेतले बताउनुभयो ।

शिक्षकको कुटाइबाट बेहोस भएका छोरालाई श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार गरेपछि होस खुलेको छात्रका बुवा बस्नेतले बताउनुभयो । शिक्षकको कुटाइबाट आफ्नो पेट, टाउको,  र छातीमा चोट लागेको विद्यार्थी बस्नेतले बताउनुभयो ।

घाइते विद्यार्थीको टाउकोमा चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । विद्यालयले भने शिक्षकले विद्यार्थीलाई कुटेर घाइते भएको आरोप निराधार भएको दाबी गरेको छ ।

प्रधानाध्यापक पूर्ण भण्डारीले विद्यालयमा दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको बुझिएको बताउनुभयो । तर नियतबस भने विद्यार्थीलाई कुनै पनि शिक्षकले हातपात नगरेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया