जीप दुर्घटनामा ११ जना घाइते, दुईजनाको अवस्था गम्भीर

 पुस २२, २०७५ आइतबार १८:२०:२ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका हसनपुरबाट घोरेटार आउँदै गरेको यात्रुबाहक जीप आइतबार दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । 

आइतबार दिउँसो घोरेटार बजारतिर यात्रु बोकेर आउँदै गरेको को १ ज ९० नम्बरको जीप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिका देवानटारकी आस्मा राई, रानीबास दितेनीका लंकमान राई, देवानटार बयाङका जितमान राई, बयाङकै कुसुम राई, रानीबास दितेनीका गोपाल बस्नेत, दितेनीकै प्रितम राई, आमचोक गाउँपालिका दाबुराङका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १, सुनसरीका जिवन सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेबेले बताउनुभयो । 

घाइतेमध्ये रानीबास दितेनीका ४६ वर्षीय लंकमान राई र दितेनीकै २५ वर्षीय प्रितम राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि बीपी कोइरााला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया