अमेरिकी डलरसँगै अरु विदेशी मुद्राको पनि भाउ बढ्यो

 माघ १, २०७५ मंगलबार १०:४२:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसँगै रियाल, रिंगिट, दिर्हाम लगायत सबै विदेशी मुद्राको भाउ बढेको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो सोमबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०८ पैसा रहेको थियो । 

आज मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ । आइतबार खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ थियो ।

हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । सोमबार १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ मंगलबार एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ । सोमबारको तुलनामा मंगलबार मलेसियन रिंगिटको भाउ पनि केही पैसाले बढेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ । हिजो सोमबार रिंगिटको खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा थियो ।

बहराइन दिनारको भाउ पनि सोमबारको भन्दा बढेको छ । सोमबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा रहेको थियो । आज मंगलबार भाउ बढेर कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा भएको छ । 

यस्तै बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा तोकिएको छ । हिजो सोमबार बहराइन दिनारको भाउ खरिददर २९८ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर २९९ रुपैयाँ ९६ पैसा तोकिएको थियो ।

कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ । सोमबारं कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा थियो ।


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया