बिहेको निम्तो दिन आएका छिमेकीकाे हथाैडा प्रहार गरेर हत्या

 माघ ४, २०७५ शुक्रबार १८:२७:५३ | पुरुषोत्तम गिरी

सल्यान – सल्यानमा एक व्यक्तिले निम्तो दिन आएका छिमेकीलाई हथौडा प्रहार गर्दा छिमेकीको ज्यान गएको छ । 

शिद्धकुमाख गाउँपालिका–२ सल्लाघारी बस्ने ४७ वर्षका शालिकराम चलाउनेले त्यसै ठाउँका ४२ वर्षीय यमन बोहरालाई हथौडा प्रहार गर्दा बोहराको  ज्यान गएको प्रहरीले जनाएको छ । 

छोराको बिहेको लागि आज शुक्रबार चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा ढुङगा फोडने हथौडा प्रहार गरेको र बोहराको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्सपेक्टर गिरिराज भण्डारीले बताउनुभयाे

शुक्रबार बिहान ८ बजे चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई एक्कासी टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको उहाँले बताउनुभयो ।
घटनालगतै फरार रहेका अभियुक्त चलाउने स्थानीय अभियुक्त चलाउने कुमाख भन्ने ठाउँबाट पक्राउ परेका छन् । 

अभियुक्त चलाउने पक्राउ परे पनि उनले के कति कारणले हथौडा प्रहार गरेकाे हो भन्ने खुल्न सकेको छैन ।

घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । 

मृतक बोहराका १ छोरा र १ छोरी रहेको तथा घरको आर्थिक अवस्थासमेत कमजोर रहेको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया