राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज, सम्झौता पालना नभए संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

 माघ ७, २०७५ सोमबार ९:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको सोमबारको बैठकमा पेस हुने भएको छ । विधेयकमा आफूसँग सरकारले गरेका सहमति नसमेटिएको भन्दै डाक्टर गोविन्द केसी १३ दिनदेखि अनसनमा बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो ।

आजको बैठकमा विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरेको हो । छलफल पछि सोमबार नै विधेयक पारित गर्ने प्रस्ताव पनि पेस गर्ने तयारी रहे पनि टुंगो भने लागिनसकेको संसद सचिवालय श्रोतले जनाएको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विधेयक पारित गर्न खोजिए संसद बैठक अवरोध गर्ने जनाएको छ । कांग्रेसका मुख्य सचेतक वालकृष्ण खाँडले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेका दुईवटा अस्पताललाई संघीय सरकारको मातहतबाट हटाउने तयारी भइरहेको र डाक्टर केसीसँगको सहमति विपरित तयार पारिएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिए संसद बैठक अवरुद्ध गर्ने बताउनुभयो । 

बाँकेमा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रलाई संघीय सरकारको मातहतबाट हटाउने तयारी गरिएको कांग्रेसको आरोप छ ।

डाक्टर गोविन्द केसीले आफूसँग भएका सहमति जस्ताको त्यस्तै विधेयकमा नसमेटिएसम्म अनसन नतोड्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया