कारागारको पर्खाल नाघेर भागेका कैदी १८ वर्षपछि पक्राउ

 माघ १५, २०७५ मंगलबार १८:५८:० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - कारागारकाे पर्खाल नाघेर फरार भएका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् ।

आमाकाे हत्या अभियाेगमा सर्वश्वसहित जन्मकैदको सजाय पाएका सल्यानकाे वनगाड, कुपिण्डे नगरपालिका ९ स्वाराका ३६ वर्षीय एकेन्द्र बहादुर खड्का कारागारकाे पर्खाल नाघेर फरार भएका थिए ।

२०५६ सालमा आमा सुइतीकुमारी खड्काको घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेकाे प्रमाणित भएपछि खड्कालाई कारागार चलान गरिएकाे थियाे ।  

१ वर्ष ७ महिना २५ दिनको कैद भुक्तान गरेका खड्का २०५८ साल फागुन २३ गते जिल्ला कारागारको पर्खाल नाघेर फरार भएका थिए ।   

फलामको ड्रम प्रयोग गरी खड्काले कारागारकाे पर्खाल नाघेर भागेको बताएकाे जिल्ला प्रहरी कार्यालय सल्लायका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयाे । 

छिमेकी देश भारतको सिम्लामा लुकिछिपि बिहे गरेको बसेका खड्का नेपाल आउने जाने गरेको खुल्न आएको र उनलाई गाउँमै लुकेर बसेको अवस्थामा सोमबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।

डेढ बर्षभन्दा बढी कैद भुक्तान गरिसकेका खड्कालाई कारागारबाट भागेको कसुरमा थप २ वर्ष सजाय हुने भएको छ । खड्काले भुक्तान गर्न वाँकी कैद १८ वर्ष ४ महिना ५ दिन छ । अव उक्त सजायमा २ बर्ष जोडेर २० वर्ष ४ महिना ५ दिन कैद सजाय हुने  प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।

खड्कालाई कैद भुक्तानका लागि सल्यान कारागार पठाइएको उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया