‘क्यान्सरलाई जितेर नयाँ जीवन पाएँ’

 माघ २१, २०७५ सोमबार १४:३१:१ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – आज विश्व क्यान्सर दिवस, ‘म हूँ र म गर्छु’ भन्ने नाराका साथ  विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । अस्तव्यस्त खानपान र जीवनशैलीका कारण नेपालमा क्यान्सर रोगको जोखिम बढ्दै गएको छ । 

क्यान्सर हुने कारणमा ४० प्रतिशत खाना तथा रहनसहन, ३० प्रतिशत सुर्तीजन्य पदार्थको कारण र बाँकी भाइरसको कारणले हुने गरेको डाक्टरले बताएका छन् ।

नेपालमा अहिले ६५ हजार जनालाई क्यान्सर भएको अनुमान छ भने क्यान्सरका कारण नेपालमा बर्सेनि १५ हजार जनाको ज्यान जाने गरेको छ । 

चुरोट बिँडी, खैनी तम्बाकु, गुट्का जस्ता सुर्तीजन्य पदार्थ नखाने, तौल सन्तुलनमा राख्ने, फलफूल तथा तरकारी प्रशस्त खाने गरेमा क्यान्सरको जोखिम कम गर्न सकिने डाक्टरले बताएका छन् । 

यस्तै, पछिल्लो समय क्यान्सर रोग विरुद्ध लड्न विरामीको  आत्मविश्वास बढाउने खालका कार्यक्रम पनि हुन थालेका छन् । उपचारसँगै हौसला र आत्मविश्वासले क्यान्सरलाई जित्न सकिने डाक्टरले बताउँदै आएका छन् ।  

यस्तै क्यान्सर पीडितले क्यान्सर लागेर जीवन नसकिने बरु नयाँ जीवनको सुरु भएको बताएका छन् । 

बिरामीको हौसला बढाउने उदेश्यले आज नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले ललितपुरको जावलाखेलमा गरेको कार्यक्रममा क्यान्सर  पीडितले खानपनमा ध्यान दिने हो भने पहिल कै अवस्थामा फर्कन सकिने बताए । 

कार्यक्रममा शम्भुबहादुर भण्डारीले क्यान्सरलाई जितेर नयाँ जीवन पाएको बताउनुभयो ।  उहाँलाई ३० वर्ष अगाडि क्यान्सर भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया