विप्लव र प्रकाण्डसहितका १६ जनालाई अदालतकोे सफाइ

 माघ २२, २०७५ मंगलबार १७:३५:४१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर–  प्रदेश तथा प्रतिनिधि सभा चुनावमा बम विस्फोट गराएकाे आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जना विरुद्ध लगाइएको मुद्धामा १६ जनाले सफाइ पाएका छन् ।

भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलाशले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यृूरो सदस्य पदमबहादुर राईसहित १६ जनाले सफाइ पाएका हुन्। 

गएको वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला, पोलिटब्यूरो सदस्य पदमबहादुर राई समेत २० जनालाई जिल्लाको ३ ठाउँमा बम विस्फाेट गराएको आरोपमा ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको मुद्धा जिल्ला अदालत भोजपुरमा दायर भएको थियो ।

टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विष्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट गरी २ वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विष्फोट सम्बन्धी मुद्धा दायर भएको थियो । तर भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले उनीहरुलाई सफाइ दिएको र दुई जनालाई धरौटीमा छोडिएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी राजकुमार दाहालले बताउनुभयो ।

सफाइ पाउनेहरुमा बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी बिक, कुमार तामाङ लगायतका रहेका छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङ्गलाई तीन वटै मुद्धामा ४०/४० हजार जरिवाना तोकेको सूचना अधिकारी दाहालले बताउनुभयो ।

त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराँती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगाना स्पष्ट नखुलेकोले तामेलीमा राखिएको जनाएको छ ।

केही महिनाअघि मात्र नेकपा प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रवक्ता प्रकाण्ड ६० हजार नगद धरौटी राखेर छुट्नुभएकाे थियो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया