फाेनमार्फत बनेकाे प्रेमसम्बन्ध अघि बढाउन ४ वर्षे छाेराकाे हत्या

 माघ २३, २०७५ बुधबार १५:२४:२९ | पुरुषोत्तम गिरी

सल्यान - सल्यानमा एक महिलाले प्रेमीका लागि आफ्नै छोराको हत्या गरेकी छिन् । 

छत्रेश्वरी गाउँपालिका–४ सुँगुर पोखरी बस्ने १९ वर्षीया एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाइ हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पतिसँग राम्रो सम्बन्ध नभएपछि कुनै अपरिचित व्यक्तिसँग फोन सम्पर्कमै प्रेम सम्बन्ध बढ्न थालेपछि एलिशाले आप्mनै चार वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । 

‘आफ्ना पति लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्ने गरेको बयानमा खुल्न आएको छ,’ प्रहरी प्रमुख शाहीले भन्नुभयो, ‘आफू अविवाहित हूँ भनी प्रेम सम्बन्ध कायम राख्नको लागि आफैले आप्mनो छोरालाई विष खुवाएर हत्या गरेको उनले बयानमा भनेकी छिन् ।’

गएको पुस २८ गते बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी समक्ष खत्रीले स्वीकार गरेको उहाँले बताउनु्भयो । 
खत्रीले आफ्नो छोरा समिरलाई सेल्फास नामक विषादी खुवाएको खुल्न आएको छ । 

विषदी खुवाएर भूत प्रेत लाग्यो भनी उपचारको लागि श्रीनगर तर्फ लैजाँदै गर्दा बाटोमै समिरको ज्यान गएको प्रहरीले जनाएको छ ।

छोराको ज्यान गएपछि गाउँलेहरुलाई भ्रममा पारी खत्रीले छोरा समिरको लास जङ्गलमा गाडेको स्थानीयले जानकारी दिएपछि प्रहरीले २९ गते खत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको थियो ।

अनुसन्धानकै क्रममा खत्रीले हत्या गरेको स्वीकार गरेपछि उनलाई बुधबारै जिल्ला अदालत सल्यानमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया