र्‍यापर बादशाह सोनाक्षी सिन्हाका साथ गर्दैैछन् चलचित्रमा डेब्यू

 माघ २९, २०७५ मंगलबार ९:३३:२१ | एजेन्सी
unn.prixa.net

भारतीय र्‍यापर बादशाह अब बलिउड फिल्ममा डेब्यू गर्ने तयारीमा छन् । बादशाहका साथ अभिनेत्री सोनाक्षी सिन्हा, वरुण शर्मा र अन्नु कपूर हुनेछन् ।

अहिले नाम सार्वजनिक नगरिएको यस फिल्मको छायांकन फेब्रुअरी ११ देखि सुरु भएको छ । भारतीय ट्रेड एनालिष्ट तरण आदर्शले उनको ट्वीटरमार्फत यस कुराको जानकारी दिएका छन् । 

बदशाहको अभिनय रहने यस फिल्मको निर्माण भूषण कुमार, महावीर जैन, मृगदीप सिंह लाम्बाले गरिरहेका छन् । फिल्मको निर्देशन शिल्पी दास गुप्ताले गर्नेछन् । 

बादशाहले उनको गायकी करियरको सुरुवात हनी सिंहका साथ सन् २००६ मा गरेका थिए । सन् २०१२ मा बादशाह हनी सिंहसँग छुट्टिएर हरियाना भाषाको गीत ‘कर गई चुल’ गाएर चर्चित भएका थिए । यो गीतलाई पछि सन् २०१६ मा रिलिज भएको फिल्म ‘कपूर एण्ड सन्स’ मा राखिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया