भाेजपुरमा ५ सय रुपैयाँ महंगो मूल्य तिरेर एलपीजी ग्यास किन्न बाध्य छन् उपभोक्ता

 फागुन १, २०७५ बुधबार १८:५८:२९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरका स्थानीयहरु एलपी ग्यास महंगोमा खरिद गर्न बाध्य भएका छन् ।

प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरमा एलपी ग्यासको खुद्रा मूल्य एक हजार ३ सय ८० रुपैयाँ रहे पनि भोजपुरमा एक हजार ८ सय ५० मा खरिद गर्नु परेको स्थानीयले बताएका छन् । 

भोजपुर सदरमुकाममा होटल व्यवसाय गरिरहनुभएका सुशन राईले महङ्गोमा ग्यास किन्नुपर्ने वाध्यता रहेको बताउनुभयो । ‘प्रदेश सरकारले तोकेको मूल्यभन्दा ४ सय ७० रुपैयाँ महंगोमा मात्र यहाँ किन्न पाइन्छ’, राईले भन्नुभयो, ‘महंगोमा किने पनि भनेको समयमा उपलब्ध हुँदैन ।’

ग्यास व्यावसायीहरु भने धरा देखि भोजपुरसम्मको ढुवानी महंगो भएका कारण महंगो भएको बताउँछन् । ग्यासको मूल्य महंगो भएको गुनासो आएपछि आफूहरुले ५० रुपैयाँ घटाएर गत माघ २६ देखि एक हजार ७ सय ५० मा बेच्न थालेको उपभोक्ता अधिकार हकहित केन्द्र भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।

छिमेकी जिल्ला खोटाङमा एक हजार ६ सय रुपैयाँ र संखुवासभामा एक हजार ६ सय ५० रुपैयाँमा प्रतिसिलिण्डर ग्यास बिक्री भइरहे पनि भोजपुरमा भने बढी मूल्य लिने गरेको उपभोक्ता अधिकार हकहित केन्द्रका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । 

जिल्ला प्रशासन कार्यालयले ग्यासको मूल्य बढी भएको गुनासो आएपछि उद्योग वाणिज्य संघमार्फत पत्राचार गरेको थियो । पत्राचारपछि ५० रुपैयाँ घटाउने व्यापारिले जनाएका थिए । उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष धुव्रलाल श्रेष्ठले भने पटक-पटकको प्रयासपछि ग्यासको मूल्य समायोजन गरिएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले भन्नुभयो, ‘हामीले सुनसरी जिल्ला प्रशासनमार्फत त्यहाँबाट भोजपुरलाई दिने ग्यासको मूल्यमा मगाएका छौँ ।’ 

व्यापारीहरुले ढुवानीका कारण महंगोमा ग्यास बेच्नुपर्ने बताए पनि हाल विराटनगरदेखि भोजपुरसम्म प्रतिकेजी ५ रुपैयाँमा ढुवानी हुने गरेको व्यापारीहरु बताउँछन् । यसरी ढुवानी गर्दा प्रतिसिलिण्डर २ सय २५ रुपैयाँ ढुवानी मूल्य र ग्यासको मूल्य एक हजार ३ सय ८० सहित एक हजार ६ सय ५ रुपैयाँमा भोजपुरमा ग्यास आउने उपभोक्ताहरुको दाबी छ ।

भोजपुरमा प्रीमा, सुविधा, कास्यप, रिजालको, कोशी र कन्काइ ब्राण्डको ग्यानास बजारमा पाइने गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया