फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

 फागुन ३०, २०७५ बिहिबार ६:५८:२६ | एजेन्सी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ ।

बुधबारदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ।

अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ । नेपालमा पनि फेसबुक खोल्दा ‘इरर’को सन्देश आउँछ र छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ ।  
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया