गुणस्तरहीन काम भएपछि सांसद सुदन किराँतीले भत्काए पर्खाल

 चैत १, २०७५ शुक्रबार १३:३५:२८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – गुणस्तरहीन काम भएपछि प्रतिनिधिसभा सदस्य सुदन किराँतीले विद्यालयको पर्खाल भत्काइदिनु भएको छ । पर्खाल निर्माणमा चित्तबुझ्दो काम नभएको भन्दै सदस्य राईले बहिरा आवासीय विद्यालयमा बनेको पर्खाल भत्काउनु भएको हो ।  

पर्खाल बनाउँदा बालुवा तथा सिमेन्ट कम प्रयोग भएको आरोप सांसद किराँतीले लगाएका छन् । ‘पर्खाल निर्माणमा लापर्वाही भएको छ, निर्माणकै क्रममा भत्किन थालेको छ’, सांसद किराँतीले भन्नुभयोे, ‘पुनःनिर्माण नगरेमा बजेट रोक्का गरी दिने साथै आवश्यक कदम अघि बढाइन्छ ।’

समितिले पुरानो पर्खालमाथि नै घेराबारको स्टमेट गरेपछि टिकाउ नहुने र काम गुणस्तहीन भएको भन्दै पटक–पटक पर्खाल निर्माण समितिका अध्यक्ष दिपा सुवेदी (शर्मा) फोन गर्दा समेत फोन नउठेका बहिरा संघ भोजपुरका अध्यक्ष सिताराम ओझाले बताउनुभयो । पटक– पटक सम्पर्क गर्न खोज्दा समेत कुनै जानकारी नआएपछि काम निरीक्षणका लागि सांसद सुदन किराँतीलाई बोलाउनुपरेको अध्यक्ष ओझाले बताउनुभयो ।

प्राविधिकको स्टमेट अनुसार काम गरेको र प्राविधिकका इस्टमेटअनुसार नै काम भइरहेको पर्खाल निर्माण समितिका अध्यक्ष दिपा सुवेदी (शर्मा)ले बताउनुभयो । शर्माले भन्नुभयो, ‘असहायहरुकोे कुरा सुनेर माननीयले त्यसो गर्नुभयो त्यो उहाँको नैतिकताले दिने हो कि होइन, हामी यस कामलाई पार लगाएरै छाड्नेछाैँ ।’

भोजपुर जिल्लामा आर्थिक वर्ष ०७५/०७६ मा हुने योजनाहरुको छनौट गरी पूर्वाधार क्षेत्र विकास कोषबाट भोजपुर नगरपालिका वडा नं. ९ भोजपुरमा बहिरा विद्यालय भवनको पर्खाल निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो ।

त्यस विद्यालयमा एक जना शिक्षक, एक जना आया (खाना बनाउने) र १० जना बहिरा विद्यार्थीहरु रहेका छन् । पर्खाल निर्माणको काम गएको माघ २० गते बाट सुरु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया