पर्वतमा तोरन्ल पर्व: खोल हान्नेलाई रक्सी उपहार

 चैत ६, २०७५ बुधबार १७:३२:११ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतमा थकालीहरुकाे चाड ताेरन्ल अर्थात फागु पूर्णिमा पर्व परम्परागत तरिकाले मनाइएकाे छ ।

नेपामुदायमा फरक फरक जातजातिको आ–आफ्नै भिन्नै परम्परा छ । कुनै समुदायमा रक्सीलाई पुजा तथा विभिन्न कार्यक्रममा पितृ तथा देवदेवताका नाममा चढाउने परम्परा छ भने कुनै समुदायमा रक्सी त के रक्सी सेवन गरेको व्यक्ति समेत प्रबेश निषेध नै गरिन्छ । तर थकाली समुदायमा भने उपहार (सगुन) स्वरुप रक्सी प्रदान गर्ने प्रचलन छ ।ली स

तोरन्ल पर्वको अवसरमा पर्वतमा आयोजित धनुष बाण खेल प्रतियोगितामा खोल (केन्द्रविन्दु) मा धनुष बाण लगाउन सफल भएका गंगाबहादुर गुरुङलाई थकाली समुदायका व्यक्तिहरुले अबिर र खादासहित रक्सी प्रदान गरेर बधाई ज्ञापन गरे ।

गुरुङबाहेक खेलमा सहभागी भएर खोल हान्ने अन्य सबै खेलाडीलाई यसैगरी बधाइ र धन्यवाद ज्ञापन गरियो ।  

थकाली समुदायको परम्परा अनुसार नै हरेक वर्ष यस्ता प्रकारका कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । पर्वतमा जिल्लाभर जम्मा १४ घरधुरी थकाली रहे पनि हरेक वर्ष तोरन्ल अर्थात फागु पूर्णिमाको अवसर पारेर पारिवारिक रुपमा भेला हुने र पर्व मनाउने गर्दै आएका छन् ।

यसरी तोरन्ल शुरु भएसँगै परिवारबाट विभिन्न सिलसिलामा छुट्टिएका र सँगै नभएका सदस्यहरुसमेत एकै ठाउँमा जम्मा भएर शुभकामना आदानप्रदान गर्दै आएको थकाली सेवा समिति पर्वतका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिनुभयो । 

उहाँका अनुसार चैत ४ गतेदेखि पितृको स्मृतिमा रक्सी चढाएर शुभारम्भ भएको तोरन्ल पर्व चैत ६ गतेसम्म मनाइने गरिन्छ । पर्वकै अवसरमा छोरी ज्वाइँलाई बोलाएर मिठा परिकार ख्वाउने र पारिवारिक रुपमा परम्परागत भेषभूषामा विभिन्न झाँकी सहितका कार्यक्रम गरिएको अध्यक्ष तुलाचनले बताउनुभयो । 

आयोजित कार्यक्रमका अवसरमा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले थकाली समुदायका व्यक्तिहरुले आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

कतिपय जातजातिहरुले आफ्नो भाषा, भेषभूषा र संस्कृतिसमेत बिर्सिसकेको कुरा प्रष्ट्याउँदै उहाँले थकाली समुदायले गरेको कार्य प्रति खुशी व्यक्त गर्नुभयो । सोही अवसरमा केन्द्रीय थकाली सेवा समितिको केन्द्रीय सदस्यमा निर्वाचित राजु तुलाचन र जिल्लामा गठित समितिका पदाधिकारीलाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो । 

तोरन्ल पर्वकै अवसरमा थकाली सेवा समिति पर्वतका महिला सदस्यहरुले मोदीवेणी दिव्य धाममा आश्रय लिएर बस्दै आएका १३ जना वृद्धवृद्धालाई खाद्य सामग्री वितरण गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया