पेरुको गोल, अष्ट्रेलिया बाहिरिने बाटोमा

 असार १२, २०७५ मंगलबार २०:१७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

समूह सी चरण अन्तर्गतको अन्तिम खेलमा पेरुले अष्ट्रेलियाविरुद्ध एक–शून्यको अग्रता बनाएको छ । खेलको १८ औँ मिनेटमा पेरुका लागि आन्दै क्यारिल्लोले गोल गरेका हुन् । 

पेरुले गोल गरेपछि अष्ट्रेलियालाई विश्वकपको अघिल्लो चरणमा पुग्न निकै संघर्ष गर्नुपर्नेछ । 

अघिल्लो चरण पुग्न अष्ट्रेलियाले पेरुलाई हराउनै पर्ने हुन्छ । साथै डेनमार्क फ्रान्ससँग फराकिलो अन्तरले हार्नुपर्ने हुन्छ । फ्रान्स र डेनमार्क गोलरहित बराबरी खेलिरहेका छन् ।

यदि फ्रान्स र डेनमार्कको खेल बराबरी भयो भने फ्रान्स ७ अंकसहित समूहविजेता बन्नेछ भने डेनमार्क पाँच अंकसहित उपविजेता बन्दै अर्को चरणमा पुग्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया