सर्बियाविरुद्ध ब्राजिल १–० ले अगाडि

 असार १३, २०७५ बिहिबार ०:५१:४३ | एजेन्सी
unn.prixa.net

विश्वकप फुटबल २०१८ मा समूह ई अन्तर्गतको समूह चरणको अन्तिम खेलमा सर्बियाविरुद्ध ब्राजिल एक–शून्य गोलले अगाडि रहेको छ । 

पहिलो हाफसम्म ब्राजिल ३६ औँ मिनेटमा पाउलिन्होले गरेको गोलले नै अग्रता बनाइरहेको छ । 

त्यस्तै यसै समूहको अर्को खेलमा स्विट्जरल्याण्ड कोस्टारिकासँगको खेलमा एक–शून्यले नै अगाडि रहेको छ । यदि अन्तिम अवस्थासम्म यही नतिजा हुने हो भने ब्राजिल ७ अंकसहित समूहविजेता बन्दै अर्को चरणमा जानेछ ।

त्यस्तै स्विट्जरल्याण्ड भने ७ अंक नै भए पनि गोल अन्तरका आधारमा समूहको उपविजेता बन्दै अर्को चरणमा पुग्नेछ । कोस्टारिका र सर्बिया भने बाहिरिनेछन् । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया