कर्णाली प्रदेशले अबदेखि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने

 असार १६, २०७५ शनिबार १२:५:१८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले अबदेखि भत्ताको व्यवस्था नगर्ने भएको छ ।  

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको हो । भत्ता दिने संस्कारको अन्त्य गर्न र कार्यक्रमहरुमा कम भन्दा कम खर्च गर्नका लागि भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एंव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

 ‘हामी मन्त्री, कर्मचारीहरुले तलब खाइरहेका हुन्छौँ । फेरि किन चाहियो भत्ता ? भत्ताका लागि कार्यक्रम गर्ने संस्कारलाई हटाउनुपर्छ भनेर हामीले यस्तो निर्णय गरेका हौँ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा खर्च पनि कर्म हुन्छ  । कार्यक्रम गर्दा बचेको संचित कोषमा जम्मा हुन्छ र हामीले विकासमा खर्च गछौैँ ।’  उहाँले गैरसरकारी संस्थाले आयोजना गरेका कार्यक्रमहरुका सहभागी भएबापत प्रात हुने भत्ता नलिने पनि  बैठकले निर्णय गरेको बताउनुभयो ।  

बैठकले कर्णाली प्रदेशका हरेक मन्त्रालयले आफनो मन्त्रालयको खर्चको विवरण प्रत्येक महिना  समाप्त भएको  तीन दि भित्र वेबसाइटमा सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । 

कर्णाली प्रदेश  सरकारले मन्त्रीहरुले औचित्यको आधारमा मुख्यमन्त्रीबाट मात्रै स्वीकृत गराएर भ्रमण गर्न पाउने भएका छन् । आजको बैठकले कर्णालीका मन्त्रीहरु जिल्ला भ्रमण र अन्य आवश्यक काममा भ्रमण गर्दा औचित्यताको आधारमा मुख्यमन्त्रीबाट भ्रमण  स्वीकृत गराउनु पर्ने निर्णय गरेको छ । 

बैठकले उच्चस्तरीय कर्णाली प्रदेश बाढी पहिरो समस्या समधान समिति गठन आदेश २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।   बैठकले अन्तराष्ट्रिय धावक जुम्लाका हरि रोकायको उपचार लागि सहयोगस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने पनि निर्णय गरेको छ । 
 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया