डेङ्गु नियन्त्रण गर्न ८० लाख विनियोजन, ३ जिल्लाका प्रजिअको नेतृत्वमा टोली परिचालन

 जेठ ३१, २०७६ शुक्रबार १२:२१:१७ | सुमन पुरी
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – प्रदेश सरकारले डेङ्गुको प्रकोप नियन्त्रण तथा उपचारका लागि ८० लाख बजेट विनियोजन गर्दै एक साताभित्रमा डेङ्गु नियन्त्रण गर्ने योजना अघि सारेको छ । 

तीन तहका सरकारका बीचमा समन्वय नभएको भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डेङ्गु नियन्त्रण अभियान थालिने भएको हो । यसका लागि प्रदेश सरकारले सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । 

यसैगरी तीन जिल्लाका  स्थानीय तहलाई समेत डेङ्गु नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्रराज डोटेलले एक साताभित्र डेङ्गु नियन्त्रणको कार्ययोजना पेस गरेका थिए ।

निर्देशक डोटेलले प्रस्तुत गरेको कार्ययोजनामा प्रजिअको समन्वयमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, उद्योग वाणिज्य, नगरपालिका, जनपथ, सशस्त्र र स्थानीय समुदाय समेतको सहभागितामा जिल्लास्तरीय समन्वय बैठक गरेर जिम्मेवारी दिइने उल्लेख छ । 

डेङ्गु प्रभावित क्षेत्रको सामाजिक नक्साङ्कन गरेर ८ देखि १० जनाको समूह बनाउने र प्रत्येक समूहलाई क्षेत्र छुट्याएर लामखुट्टेको लार्भा नष्ट गर्नका लागि परिचालन गरिने डोटेलले बताउनुभयो । 

‘एउटा समूहलाई झण्डै सय घर जिम्मा दिने र हरेक समूहले आफूलाई तोकिएको क्षेत्रभित्रको प्रत्येक घरमा पुगेर लार्भा खोजी गरेर नष्ट गर्ने योजना बनाइएको डोटेलले बताउनुभयो । यसैगरी विद्यालय र क्याम्पसमा समेत डेङगु सचेतनाको विषयमा शिक्षा दिने योजना बनाइएको छ । 

सुनसरीको धरानमा डेङ्गुको बिरामी देखिएको एक महिना पुग्न लाग्दा समेत डेङ्गु नियन्त्रणमा नआएपछि धरानलाई डेङ्गु प्रभावित क्षेत्र घोषणा गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया