आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको खेलकुद अवार्डको उत्कृष्ट खेलाडीको मनोनयमा क्रिकेटका खेलाडीले वर्चश्व जमाएका छन् । मञ्चले सार्वजनिक गरेको उत्कृष्ट खेलाडी प्रशिक्षकको मनोनयनका चार वटै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक परेका छन् ।
पञ्चले मंगलबार सार्वजनिक गरेको उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेट टिमका कप्तान पारस खड्का र सोमपाल कामी प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ मनोनयनमा परेका छन् ।
यस्तै महिला तर्फको उत्कृष्ट खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ छन् ।
यस्तै उत्कृष्ट युवा पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजित कुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाईडिङका योगश भट्टराई, क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा छन् ।
खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने यो अवार्ड असार १७ गते हुनेछ । यो अवार्डका लागि दुई वटा विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेका छ ।