महोत्तरीको अग्नि पीडितका लागि राहत सामग्री जुट्दै

 बैशाख १४, २०८१ शुक्रबार १३:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित बासिन्दाका लागि धमाधम राहत सामग्री जुटिरहेकाे छ ।

अस्ति बुधवारको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न सङ्घ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा यो बस्तीका एक सय १० वटा घर जलेका थिए । आगोले अन्य ५० वटा घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो ।

अग्नि पीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । नगरपालिकाले चामल र पाँच हजार रुपैयाँ पनि उपलब्ध गराएको छ । यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अग्नि पीडित परिवारलाई  २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैबीच सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा. डिजन भट्टराई र डढेलो विज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।

बस्तीका अग्नि पीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरिदिन मटिहानीका मेयर हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया