फिफा महिला विश्वकप : नेदरल्याण्ड्स र इटाली क्वार्टरफाइनलमा, चीन बाहिरियाे

 असार ११, २०७६ बुधबार ७:६:४८ | एजेन्सी
unn.prixa.net

नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हरायो । 

खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३औं मिनेटमा युयी हासेगावाले गोल गर्दै जापानलाई खेलमा फर्काइन् ।

पहिलो हाफ एक-एककाे बराबरीमा राेकिए पनि दोस्रो हाफको अन्तिम समयमा डच टोलीले पेनाल्टी पायो ।  पेनाल्टीलाई पनि मार्टिन्सले नै गोलमा परिणत गरेपछि नेदरल्याण्ड्स अन्तिम आठमा पुग्न सफल भयो ।

क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले इटालीको सामना गर्नेछ । इटालीले चीनलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

चीन प्रतियाेगिताबाट बाहिरियाे

इटालीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको छ । 

चीनले इटलीसँग २–० गोलको पराजय ब्यहोरेको हो । क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्ड्ससँग  प्रतिस्पर्धा गर्नेछ । 

खेलको १५ औं मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन् । 

पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको सुरुमै अर्को गोल गरेको हो । आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन् । त्यसपछि गोल हुन सकेन र इटाली अन्तिम आठमा पुग्यो ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया