जुम्लामा एक मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास

 असार १३, २०७६ शुक्रबार ९:४०:० | नेत्र शाही
unn.prixa.net

जुम्ला – पातारासी गाउँपालिकाको चुकेनी खोलामा बन्न लागेको ९९८ किलोवाट (करिब एक मेगावाट) क्षमताको जलविद्युत आयोजनाको शिलान्यास भएको छ । वैकल्पिक ऊर्जा, गाउँपालिका र स्थानीयबासीन्दाको लगानीमा सुरु भएको आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले  बिहीबार शिलान्यास गर्नुभएको हो ।

पातारासी गाउँपालिका –१ गढीगाउँबाट उत्पादन हुने जलविद्युत आयोजनाको शिलान्यास गर्दै मन्त्री भण्डारीले यो आयोजनाले पुरै जुम्लालाई उज्यालो दिने अपेक्षा गरिएको बताउनुभयो । आयोजनाको निर्माण कार्य आरम्भ भएपछि पातारासी गाउँपालिका उज्यालो हुने र विभिन्न उद्योगहरु संचालन गर्न सकिनेमा स्थानीय खुशी छन् । पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहराले यो योजना यहाँका लागि ठूलो भएकाले चाँडै सम्पन्न गर्न गाउँपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो । 

चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले चुकेनी जलविद्युत आयोजनाका काम चाँडै सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८ करोड रुपैयाँ , स्थानीयको शेयर २ करोड ५० लाख रुपैयाँ, गाउँपालिकाको १ करोड रुपैयाँ र प्रदेश सरकारको १ करोड रुपैयाँ लगानीसहित ४६ करोड रुपैयाँमा आयोजनाको काम सुरु भएको हो ।

निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले पाएको वैकल्पिक ऊर्जा, नवीकरणीय उर्जाका लागि जिविकोपार्जनका फिल्ड संयोजक पृथ्वी शाहीले बताउनुभयो । उहाँले १८ महिनामा काम सकिने गरी निर्माण सुरु गरिने जानकारी दिनुभयो । 

वि सं २०६९ वैशाख महिनामा प्रयास गरिएको यो जलविद्युत आयोजना रकम अभावका कारण रोकिएको थियो । अब भने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, गाउँपालिका र स्थानीयको सहयोगले अगाडि बढ्ने पक्का भएको गाउँपालिकाका अध्यक्ष बुढाले बताउनुभयो ।  

जुम्लाको सदरमुकाम खलंगामा साना जलविद्युत आयोजनाको ४० वर्ष अगाडिको २२० किलोवाट उत्पादन भएको बत्ती जनसंख्या वृद्धि र बजारिकरण भएपछि जुम्ला सदरमुकाममा बिजुली बत्तीको सकस छ । चुकेनी जलविद्युत आयोजना निर्माण भएमा पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामलाई पनि पर्याप्त बिजुली पुग्ने चुकेनी संहकारी संस्था लिमिटेडले बताएको छ । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया