जसले आफ्नाे क्रिकेट करियरमा एक छक्का पनि हानेनन् !

 असार २५, २०७६ बुधबार २०:२७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

टी-२० क्रिकेटको सुरुवात भएदेखि नै ब्याट्सम्यानहरुले चौका र छक्का लगाउन होडबाजी नै सुरु गरेका थिए । आधुनिक क्रिकेटमा तीव्र गतिमा रन बनाउनको लागि चौका र छक्काको निकै महत्व रहन्छ । 

वर्तमान समयमा बलरले फालेका बलहरु सजिलै साथ सीमा रेखा कटाउन सक्ने धेरै ब्याट्सम्यानहरु छन् । विश्व क्रिकेटमा कुरा गर्ने हो भने पुराना धेरै खेलाडीको लिस्ट नै बन्छ । नयाँ खेलाडीको त कुरै नगरौँ । 

अहिले सबै टिममा विस्फोटक ब्याटिङ गर्ने खेलाडीको कमी छैन । तर आज हामी तिनै टिमका केही खेलाडीहरुकाे बारेमा चर्चा गर्दैछाैँ, जसले आफ्नो करियरमै छक्का प्रहार गर्न सकेनन् । 

मनोज प्रभाकर (भारत)

उनले भारतका लागि टेस्ट र एक दिवसीय दुवै फर्म्याटमा खेले । सन् १९८४ मा इंग्ल्याण्डविरुद्ध टेस्ट डेब्यू र न्यूजिल्याण्डविरुद्ध एक दिवसीय डेब्यू गरेका प्रभाकरले १२ वर्षसम्म भारतीय टिमबाट खेले । 

उनले सन् १९९६ मा श्रीलंकाविरुद्ध अन्तिम एक दिवसीय खेल खेलेका थिए । त्यसपछि प्रभाकरले टिममा स्थान बनाउन सकेनन् र अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भए । 

उनै प्रभाकरले आफ्नो क्रिकेट करियरमा कहिल्यै छक्का प्रहार गर्न सकेनन् । उनले १३० एक दिवसीय क्रिकेटमा २४ को औसतमा १८५८ रन बनाए । त्यसमा उनको २ शतक र ११ अर्धशतक सामेल छन् ।

यस्तै भारतीय टिमबाट उनले ३९ टेस्ट पनि खेले । टेस्टमा उनले ३३ को औसतमा १६०० रन बनाए । तर उनले जोडेको रनमा कुनै पनि छक्का सामेल भएनन् । 

कालम फर्गुसन (अष्ट्रेलिया) 

अष्ट्रेलियाका कालम फर्गुसनले सन् २००९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । ३० वटा एक दिवसीय क्रिकेट खेलेका फर्गुसनले ४० बढीको औसतमा ६६३ रन बनाएका छन् । 

उनले पाँच अर्धशतक पनि प्रहार गरेका छन् । यद्दपि एकदिवसीय क्रिकेटमा ८५ को औसत भए पनि दुर्भाग्यवश एउटा पनि छक्का प्रहार गर्न सकेनन् । 

थिलान समरावीरा (श्रीलंका) 

थिलान समरावीराले ८१ टेस्टमा झण्डै ४९ को औसतमा ५ हजार बढी रन बनाएका छन् । ५३ एक दिवसीय क्रिकेटमा ८६२ रन बनाए पनि एउटा पनि छक्का प्रहार गर्न सकेनन् । 

डियोन इब्राहिम (जिम्बाबे) 

जिम्बाबेका ब्याट्सम्यान डियोन इब्राहिमले सन् २००१ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका थिए । उनले २९ टेस्ट पनि खेल्न भ्याए । 

८२ एक दिवसीय क्रिकेट खेलेका इब्राहिमले २० भन्दा बढीको औसतमा १४४३ रन बनाए । जसमा सर्वश्रेष्ठ १२१ रन र चार वटा अर्धशतक भए पनि एउटा पनि छक्का प्रहार गरेनन् । 

जियोफ्ररे ब्वायकट (इंग्ल्याण्ड) 

जियोफ्रे ब्वायकटले ३६ एक दिवसीय क्रिकेटमा एक हजार बढी रन बनाएका छन् । जसमा एक शतक र नौ वटा अर्धशतक छन् । 

उनको स्ट्राइक ५३ दशमलव ५६ को औसत छ तर सीमित ओभरको क्रिकेटमा एक छक्का पनि प्रहार गर्न सकेनन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • गौरव

    July 11, 2019, 6:28 a.m.

    सम्पादकज्यूले यस्सो नजर लगाईबक्सिनु परो। १९८४ मा डेब्यु गरेको खेलाडीले १९६६ मा कसरि अन्तिम खेल खेल्छ र हजुर। ( कमेन्टको लागि कमेन्ट गरेको नभएर सजग हुन आग्रह मात्र )

  •  0 Reply

तपाईको प्रतिक्रिया