प्रदेश २ सरकारले बाढी पहिराेमा ज्यान गुमाउनेका परिवारलाई ३-३ लाख दिने

 असार २८, २०७६ शनिबार १३:१७:५० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन/तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भैरहेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया