आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
दोलखा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ६८ हजार रुपैयाँ घुससहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख र सिन्धुपाल्चोकका इञ्जिनियरलाई पक्राउ गरेको छ ।
आयोगले घुस रकमसहित डिभिजन प्रमुख प्रकाश अधिकारी र इञ्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो । प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार रुपैयाँ र शाहको साथबाट १ लाख ३० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
आयोगका प्रवक्ता कोइरालका अनुसार आराेपितहरुले ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा त्यो रकम प्राप्त गरेका थिए । शुक्रबार साँझ दोलखाबाट काठमाण्डौ जाँदै गर्दा सिन्धुपाल्चोकको सुकुटेबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका डिभिजन प्रमुख अधिकारी गएको कार्तिक ५ गतेदेखि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखामा कार्यरत छन् भने इञ्जिनियर शाह जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकमा कार्यरत छन् ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।