राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
दाङ – मोटरसाइकलको ठक्करबाट दाङको देउखुरीमा एक बृद्धको ज्यान गएको छ । गढवा गाउँपलिका ५ का करिब ६५ वर्षीय गंगाराम यादवको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
आइतबार राति साढे १० बजेतिर लु ५ प ९७११ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको र उहाँको उपचारका क्रममा सोमबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका यादवको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालक १८ वर्षीय रोहित चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।