कांग्रेसका आधा दर्जन केन्द्रीय नेता यूएईमा, जनसम्पर्क समितिकाे नयाँ नेतृत्व छनाैट

 साउन २५, २०७६ शनिबार १२:३:११ | उमाकान्त पाण्डे

यूएई – नेपाली कांग्रेसका आधा दर्जन केन्द्रीय नेता शुक्रबारदेखि यूएईको दुबईमा छन् ।

नेपाली कांग्रेसको प्रवास संगठन अन्तर्गत नेपाली जनसम्पर्क समिति यूएईको महाधिवेशनमा सहभागी हुन नेताहरु दुबई पुगेका हुन् ।

महाधिवेशनको प्रमुख अतिथिको रुपमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य शेखर कोइराला यस्तै विषेश अतिथि, र अतिथिको रुपमा पूर्वसभासद रामहरि खतिवडा, धादिङ जिल्ला सभापति रमेश धमला, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई‌, नेविसंघ नेता आनन्द त्रिपाठी र अतुल कोइरालालगायतका नेताहरुको उपस्थिति छ ।

यूएई आउनुभएका नेता जनसम्पर्क समितिद्वारा दुबईमा शुक्रबार आयोजित गोप्य भेलामा सहभागी हुनुभयो । शुक्रबार भएको गोप्य भेलाले कास्कीका भवानी तिमल्सिनालाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । सम्पर्क समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र विक्रम सारु, उपसभापतिमा दीपक खड्का, भूमि चालिसे र अमर रानाभाट चयन हुनुभएको छ । 

यस्तै महामन्त्रीमा हरि खड्का, सह–महामन्त्रीमा विनोद तामाङ, शिव चालिसे र चित्रहाङ लिम्बू तथा कोषध्यक्षमा कृतिमान पुन हुनुहुन्छ । अन्य बाँकी १५ जना सदस्यीय समितिमा मनोनयन गरिएको छ ।

यस्तै अधिवेशनले कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिनका लागि महासमिति सदस्य छनोट गरेको छ । जसमा भवानी तिमल्सिना, चित्रबहादुर केसी, खेमराज बस्नेत हुनुहुन्छ भने महाधिवेशन प्रतिनिधिमा चन्द्रविक्रम सारु मगर, राजेन्द्र अधिकारी, मनोजकुमार श्रेष्ठ गोर्खाली र ज्ञानेन्द्रबहादुर खत्री हुनुहुन्छ । 

महाधिवेशन नजिकिएसँगै कांग्रेसले देश तथा विदेशमा रहेका विभिन्न तहका समिति गठनलाई तिब्रता दिदै आएको छ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी फागुन २२ भित्रमा गर्नुपर्ने निर्णय गरेकोले जनसम्पर्क समिति यूएईको चौँथो अधिवेशन गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया