भारत–इंग्ल्याण्ड एकदिवसीय क्रिकेट : रोहित र कुलदीपले जिताए भारतलाई

 असार २९, २०७५ शुक्रबार ६:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकटेले विजयी भएको छ । २ सय ६९ रनको लक्ष भारतले ४० ओभर १ बलमै २ विकेट गुमाएर भेट्टाएको हो । भारतलाई जिताउन रोहित शर्माले नटआउट १ सय ३७ रन बनाए भने विराट कोहलीले ७५ रनको योगदान गरे । 

१ सय १४ बल खेलेका रोहितले १५ चौका र ४ छक्का सहित  १ सय ३७ रन बनाए । रोहितले इग्ल्याण्डसँगको यसअघिको तेस्रो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पनि शतक बनाउँदै भारतलाई जिताएका थिए । 

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डलाई सामान्य योगफलमा सिमित गर्न भारतका कुलदीप यादवले ६ विकेट लिए । १० ओभरमा उनले २५ रन दिंदै ६ विकेट लिएका हुन् । इग्ल्याण्डका जोस बलटरले ५३ र बेन स्टोक्सले ५० रन बनाए । 

तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला २–१ ले जितेको भारतले ३ एकदिवसीय क्रिकेटमा पनि १ शून्यको अग्रता लिएको हो । शृंखलामा भारत र इग्ल्याण्डले ५ वटा टेष्ट क्रिकेट पनि खेल्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया