आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
चितवन - चितवनमा शुक्रबार सडक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने ठाउँमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना १ज ८४२८ नम्बरको भ्यानलाई विपरीत दिशाबाट आइरहेको लु २ ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा भ्यानमा रहेका चालकसहित चार जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ की ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये अन्य दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेका दुई वटै गाडीसहित ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।