टिकाटालो गर्नेलाई राष्ट्र बैंकको अनुरोध: दक्षिणा लेनदेन गर्दा नोट मैलो नपारौँ

 असोज ५, २०७६ आइतबार १४:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो शुक्रबारदेखि नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ तथा सुकिला नोट साट्दैछ । 

१७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ । एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ ।

बर्सेनि नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुन थालेपछि राष्ट्र बैंकले दशैँमा यसको सम्भार गर्न अनुरोध गरेको हाे । यसका लगि दक्षिणा लेनदेन गर्दा रंग तथा अबिर नलगाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । 

‘पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएको छ, अबदेखि त्यसो नगर्नुहोला, अनि दशैँमा धेरै नोट कच्याककुचुक पारेको देखिन्छ, दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न अनुरोध छ’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले उज्यालो अनलाइनसँग भन्नुभयो । 

उहाँले केटाकेटीहरुलाई पनि नोट जतनबारे जानकारी दिन अनुरोध गर्नुभयो । 

यस्तै नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई कारबाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया